बुधबार, वैशाख १०, २०८२

रास्वपा सांसद श्रेष्ठले बुझाए स्पष्टीकरण

नेपालखोज २०७९ चैत २७ गते २२:३०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो । उनले ह्वाट्सएप मार्फत स्पष्टीकरण बुझाएको अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले बताए ।

उक्त समितिमा ४ जना सदस्य छन् । मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस गर्ने पनि उनले बताए ।

देवकोटाका अनुसार सांसद ढाकाकुमारले आफ्नो स्पष्टीकरणमा अडियोमा आफ्नो आवाज नभएको बताएका छन् ।

प्रतिक्रिया