कसरी नियन्त्रण गर्ने कोरोना ?

स्वास्थ्य मन्त्रालयले अझै केहिदिन संक्रमितहरुको संख्या बढने कुरा बताउँदै यसका लागि विशेष साबधानि अपनाउन अनुरोध गरेको छ । कोरोनाको नयाँ लहर रोक्न वा यसलाई कम प्रभावी बनाउन सरकार देखि हामी नागरिकहरु समय मै सतर्क भै आफ्नो कर्तब्य पुरा गर्नु अपरिहार्य छ । कोरोना बढन नदिन वा यसलाई कम जोखिमयुक्त बनाउन निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ :
१. खोपको प्रमुख उद्देश्य मृत्युदर कम गर्नु हो । यसका लागि सरकारले कोभिड भ्याक्सिन संक्रमणको मुहान ९ सिमाबर्ती क्षेत्र तथा विमानस्थल ० तथा संक्रमणको मैदान ९ घनाबस्ती भएका क्षेत्र ० मा अभियानका रुपमा खोप कार्यक्रम संचालन गर्नुपर्छ
२. सरकारले चीन, भारत, रुस, बेलायत, अमेरिका आदि खोप उत्पादक देशबाट सबै नागरिकलाई पुग्ने मात्रामा खोप आयात गर्नुपर्छ ।
३. बालबालिकाहरुका लागि खोप ल्याउन ढिलाइ गर्नु हुँदैन
४. जनमानसमा खोपप्रति भएका संशय तथा भ्रम चिर्न प्रभावकारी जनचेतनामुलक कार्यक्रम संचालनमा ल्याउनुपर्छ ।
५. सरकार निर्मित भीडभाड घटाउन मालपोत, कर कार्यालय, यातायात कार्यालय तथा अन्य कार्यालयमा अनलाइन प्रणाली, टाइम कार्ड, टोकन आदिको ब्यबस्था गर्नुपर्छ ।
६. खोप केन्द्रको संख्या बढाएर तथा सुरक्षाकर्मीको उपस्थिति बढाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित तवरले खोप लगाउने ब्यबस्था गर्नपर्छ ।
७. अहिले बाहिर जाने वा औपचारिक कामको लागि पिसिआर टेस्ट भैरहेको छ । यस्तो परीक्षणबाट संक्रमण कहाँ बढी छ रु संक्रमणको अवस्था के छ रु थाहा हुँदैन । तसर्थ पिसिआर ल्याबमा न्युनतम शुल्कमा समुदायमा ब्यापक परीक्षण गर्ने, सिमाना तथा एयरपोर्टमा एन्टिजेन परीक्षण बढाउने, कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने तथा संक्रमितलाई आइसोलेसन गर्ने प्रणाली तीनै तहमा ब्यबस्थित गर्नुपर्छ
८. सार्वजनिक यातायात, सपिङ मल, तरकारी बजार, फलफूल पसल, अस्पताल लगायत भीडभाड हुने ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालना गराउने ब्यबस्था गर्नुपर्छ ।
९. गृहप्रशाशनले भित्री बस्ती, गल्ली, चोक आदि ठाउँमा नियमित रुपमा अनुगमन, निगरानी तथा लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्नुपर्छ ।
१०. चाडपर्व तथा अन्य सांस्कृतिक गतिबिधिमा सिमित व्यक्तिको उपस्थिति तथा जनस्वास्थ्यका मापदण्ड पालना हुने प्रत्याभूति गर्नुपर्छ
११. सिमानाकामा कडाई गर्नुपर्छ
१२. जुलुस, प्रदर्शन आदिलाई बैकल्पिक माध्यमबाट ब्यबस्थित गर्नुपर्छ ।
१३. आम नागरिकले सकभर घरमा बस्ने, घर बाहिर निस्किनुपरेमा जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा गर्नुपर्छ । म र मेरो परिवारलाई संक्रमित हुन भनेर हामी सबैले प्रण गरि तदनुसारका गतिबिधि गर्नुपर्छ ।
१४. हरेक जिल्लामा, पालिकामा रहेका स्वास्थ्य संस्थालाई मास्क, पंजा, पिपीई, फेस शिल्ड, पर्याप्त औषधि, तालिमप्राप्त जनशक्तिको ब्यबस्था, एन्टिजेन किटको पर्याप्तता तथा अक्सिजन सिलिन्डर, कन्सनट्रेटर तथा सम्भावित ठाउँमा अक्सिजन प्लान्टको ब्यबस्था गर्नुपर्छ ।
१५. हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य रुपमा जडान गर्नुपर्छ । लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर तथा सिलिन्डरको पर्याप्त जोहो गर्नुपर्छ ।
१६. सरकारले आयुर्बेद तथा वैकल्पिक चिकित्सा, स्वस्थ जीवनशैली तथा मनोपरामर्शको लागि यथोचित कार्ययोजना लागु गर्नुपर्छ ।
१७. लकडाउनले आम जनसमुदायमा ठूलो असर गर्छ । तसर्थ संक्रमित बढेको ठाउँमा मात्र शिल गर्ने पूर्वतयारी र पूर्वाभ्यास गर्नुपर्छ
१८. श्रमिक तथा पिडित बर्गलाई वडा कार्यालयबाट न्यायोचित राहत तथा सहुलियतको ब्यबस्था गर्नुपर्छ
१९. महामारीको नाममा हुने भ्रष्टाचार, कमिसनखोरी, ढिलासुस्ती, अभियन्ताको नाममा पैसा संकलन आदिलाई नियन्त्रण गरेर जनतामा राज्यको दरिलो उपस्थिति देखाउनुपर्छ ।
२०. उपचारलाई आम जनताको पहुँचमा पुर्याउने, निजि अस्पताललाई सेवामुखी बनाउने तथा जनताको ढाड सक्ने परम्परालाई अहिलेदेखि नै प्रणालीमा स्थापित गर्नुपर्छ ।
प्रतिक्रिया