रास्वपाद्वारा अनुशासन आयोगको बैठक आह्वान
नेपालखोज
२०७९ चैत २८ गते ९:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको बैठक आह्वान गरेकाे छ । बैठक पार्टी कार्यालय बसुन्धारा बस्ने जनाइएकाे छ । आजकाे बैठकमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको घुस मागेको अडियो प्रकरणबारे छानबीन गर्ने बुझिएकाे छ ।
आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया