आइतबार, वैशाख ७, २०८२

कोरोनाका लागि हाइड्रोक्साइ क्लोरोक्लिनको परीक्षणमा रोक

नेपालखोज २०७७ जेठ १३ गते १३:००

काठमाडौँ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्साइ क्लोरोक्लिनको परीक्षणमा रोक लगाएको छ ।

डब्लुएचओकोले उक्त औषधिको परीक्षणका बारेमा अध्ययन जारी रहेकाले अहिले नै प्रयोग गर्न नहुने भन्दै रोक लगाएको हो ।

डब्लुएचओका निर्देशक डा. टेड्रेस एडहानमले मलेरिया र लुपसका बिरामीलाई हाइड्रोक्सि क्लोरोक्विन र क्लोरोक्विनको प्रयोग गर्न सकिने भएकाले कोरोनाका बिरामीमा परीक्षणमा रोक लगाइएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बारम्बार मलोरियाको औषधि कोरोना संक्रमितर्लाइ प्रयोग गर्न सकिने बताएपनि यसले मुटुमा समस्या आउने डब्लुएचओको दावी छ ।

गतहप्ता सार्वजनिक भएको एक अध्ययन अनुसार हाइड्रोक्सि क्लोरोक्विनले कोरोना संक्रमितको उपचारका कुनै असर नगर्ने र मृतकको संख्या अझै बढाउन सक्ने बताइएको छ । यसैबीच डब्लुएचओले कोरोनाको संक्रमण फेरि पनि दोहोरिन सक्ने चेतावनी दिएको छ ।

भाइरस नियन्त्रणका लागि प्रयासहरु जारी रहेपनि सावधानी नअपनाए फेरि पनि यसले विश्वमा महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको हो ।

विश्वका केही देशमा भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएपनि त्यसप्रति ढुक्क भइहाल्ने अवस्था भने नरहेको डब्लुएचओको भनाइ छ ।

डब्ुलएचओका आपतिकालीन प्रमुख डा। माइक रायनले मध्य र दक्षिण अमेरिका, दक्षिण एशिया र अफ्रिकामा अझै कोरोनाको संक्रमण बढ्ने सम्भावना रहेको बताए । (एजेन्सी)

प्रतिक्रिया