बेलायती प्रधानमन्त्री बोरिसका प्रमुख सल्लाहकार विवादमा
काठमाडौँ । लडाउनका क्रममा परिवासँग घुमफिर गरेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिम कमिङ विवादमा मुछिएका छन् ।
लकडाउनकै बेला लामो सडक यात्रा तय गरेर पारिवारिक घर गएकोमा उनको आलोचना भइरहेको छ । तर कमिङले भने आफूले गरेको कामप्रति कुनै पछुतो नरहेको प्रतिक्रिय ा दिएका छन् ।
उनी लकडाउनका बेला लण्डनबाट २६० किलोमिटर पर डुर्हाम काउन्टीमा रहेको पारिवारिक घरमा गएका हुन् । श्रीमतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशनमा बस्नका लागि पारिवारिक घर गएको उनले बताएका छन् ।
आफ्नो यो योजनाबारे प्रधानमन्त्री बोरिस जोन्सनलाई जानकारी नगराएको पनि कमिङले उल्लेख गरे ।
प्रधानमन्त्री जोन्सनले पनि उनको पक्ष लिइरहेका छन् । कमिङले आफ्नो तर्फबाट जे भयो त्यो युक्तिसंगत र कानून भित्रै रहेरको दावी गरेका छन् ।
कमिङले लगातारको आलोचनापछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै आफूले राजीनामा नदिने बताए । (एजेन्सी)
प्रतिक्रिया