भुवनको शब्द, बसन्तको संगीतमा रहेको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक
नेपालखोज
२०८० वैशाख १ गते १९:०१

काठमाडौं । हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका व्यवसायी, फिल्म निर्माता एवं कलाकार भिम न्यौपाने अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ ।
बुबा–छोरीको बन्धनको माया र मिठासलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ । गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन् । वसन्त सापकोटाले संगीतवद्ध गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । बिजी इन्टरटेन्मेण्ट नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया