बिहीबार, वैशाख ११, २०८२

वृश्चिक राशिका लागि वर्ष – २०८०

नेपालखोज २०८० वैशाख २ गते ९:३०

वृश्चिक राशि हुनेहरुले यो वर्ष मिश्रित फल प्राप्त गर्नेछन् । केतुका कारणले यश तथा कृति बृद्धि हुनेछ भने सुख सुविधा पनि बढनेछ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभाव रहने भएकाले शुभ फल प्राप्त गर्न गाह्रो छ । जन्म कुण्डलीमा बृहस्पति तथा शनिग्रह बलवान हुनेहरूले भने नकारात्मक फलको सामना गर्नु पर्ने छैन् । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक प्रभावबाट जोगिने उपाय अपनाउँनु होला ।

व्यापार – व्यवसाय : नयाँ व्यापार – व्यवसाय सुरु हुन सक्छ । शेयर बजारको लगानी पनि राम्रो रहनेछ । घरजग्गा तथा निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल पाइनेछ । विशेष गरि दलाली, कृषि, शिक्षा , सूचनाप्रविधि जस्ता विषयमा लाभ मिल्नेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, असोज तथा माघ अनुकुल रहनेछन ।

प्रेम जीवन : शनिको अढैया तथा बृहस्पतिका कारणले आफन्तहरु सँग दूरी बढ्न सक्छ । आर्थिक लेनदेनका कारण आफन्तहरु सँगको सम्बन्धमा चिसोपन देखा पर्न सक्छ । सुमधुर सम्बन्धका लागि सहनशीलता आवश्यक छ । हतारमा निर्णय लिए फुर्सदमा पछुताउनु पर्नेछ ।

शिक्षा : विद्यार्थीहरूले परिश्रम अनुसार फल प्राप्त गर्न गारै छ । सामाजिक, अनुसन्धान तथा अध्यात्मिक क्षेत्रका विद्यार्थीले उच्च सफलता हात पार्नेछन् । विज्ञान तथा व्यवस्थापन विषय भने कमजोर रहन सक्छ ।

करियर : पेशा – रोजगारीका क्रममा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आइलाग्न सक्छ । धेरै मेहनत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगारि फेला पर्नेछ । वैदेशिक क्षेत्रको काममा पूर्ण सफलता हात पर्नेछ । सरकारी जागिर खान खोज्नेहरूले भने बढी परिश्रम गर्नु पर्ला । कार्य क्षेत्रमा अप्रत्याशित सफलता प्राप्त हुन सक्छ भने कृषि, पशुपक्षी तथा सुरक्षा क्षेत्रमा आवद्धहरूले बढि सफलता पाउनेछन् ।

स्वास्थ्य : यो वर्ष स्वास्थ्यमा समस्या बढ्न सक्छ । आफ्नै सानोतिनो हेलचेक्र्याइँका कारण ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ । पेट तथा हड्डीमा समस्या देखिन सक्छ । नियमित खानपिन, व्यायाम तथा योगले पुराना रोगहरू सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग तथा अङ्क : वृश्चिक राशिका लागि सेतो, रातो, खैरो तथा घ्यू रङ्ग शुभ रङ्ग हो भने १, ४, ६, र ७ शुभ अङ्क हो ।

सुझाव : शनिको अढैया, बृहस्पति तथा केतुको नकारात्मक प्रभाव र अन्य ग्रह पीडाबाट जोगिदै शुभ फल प्राप्त गर्न वर्ष भरि कै मंगलबार गणेश भगवानको दर्शन – पूजा आदि गर्नुहोला । ग्रहको शान्तिका लागि जप, पाठ – पूजा एवं हवन आदि गराउनु लाभप्रद हुनेछ ।

सत्य बोल्ने र सत्कर्म गर्नेहरूलाई नवग्रहको कृपा सदैव कायम रहन्छ । वयोवृद्ध तथा असहायहरुलाई सहायता गर्नाले ग्रह पीडा कम भै भाग्य वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता भगवान गणेशको अवस्य स्मरण गर्नुहोला ।

प्रतिक्रिया