नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बिसं २०८० सालको पहिलो दिनको सेयर कारोबार नकारात्मक देखिएको छ । नेप्से आज आईतबार दुई दशमलव ८० अंकले घटेर १९ सय ३१ दशमलव ६८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २६ अंकले घटेर तीन सय ६७ दशमलव ३३ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ३३ हजार एक सय ४९ पटकको कारोबारमा ३० लाख ५६ हजार सात सय ७५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १५ अंंकले बढेर १२ सय ५४ दशमलव ९९ अंंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ७३ अंकले बढेर नौं हजार छ सय ५१ दशमलव ९१ अंकमा चढेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि १८ दशमलव ७९ अंकले बढेर आठ हजार छ सय २२ दशमलव १६ अंकमा चढेकोमा होटल समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने १४ दशमलव ५५ अंकले घटेर ३५ सय ४१ दशमलव ७७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ५७ अंकले घटेर २५ सय १० दशमलव ७९ अंकमा झरेकोम छ । यि बाहेक फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर १४ सय ३० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एशियन हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८३ प्रतिशतले घटेर चार सय रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज सोल्टी होटल लिमिटेडको प्रतिकित्ता दुई सय ५९ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड ८९ लाख चार हजार चार सय नौं रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया