तीन अंकले नेप्से घट्दा ८७ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै २४ अंकले घटेको नेप्से आज पुन तीन दशमलव सात अंकले घटेर १९ सय चार दशमलव ९८ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव १७ अंकले बढेर तीन सय ६३ दशमलव चार अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २४ हजार चार सय ४९ पटकको कारोबारमा २९ लाख ७५ हजार नौं सय २० कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८७ करोड चार लाख ४८ हजार एक सय ५१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक ४० दशमलव ७५ अंकले बढेर तीन हजार पाँच सय ३६ दशमलव १५ अंकमा पुग्दा निर्जिवन बीमा समूहको सूचक पनि पाँच दशमलव ४३ अंकले बढेर आठ हजार पाँच सय ७० दशमलव ३६ अंकमा पुगेको छ ।
यसैगरी सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । वाणिज्य बैंक समूहको सुचक भने शुन्य दशमलव शून्य एक अंकले घटेर १२ सय ४१ दशमलव ८० अंकमा पुगेको छ भने बिकास बैक समूहको सूचक पनि १२ दशमलव २७ अंकले घटेर तीन हजार चार सय ६२ दशमलव ९३ अंकमा पुगेको छ ।
जलबिद्युत समूहको सूचक पनि दुई दशमलव ४९ अंकले घटेर २४ सय ७५ दशमलव ५४ अंकमा झरेकोमा जिवन बिमा समूहको सूचक पनि ११ दशमलव ३० अंकले घटेर नौं हजार चार सय ९० दशमलव ७२ अंकमा झरेको छ । फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ६ सय ६७ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा खप्तड लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव पाँच प्रतिशतले घटेर नौं सय २१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी प्रभु बैकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय दुई रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड २६ लाख ३२ हजार एक सय दुई रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया