गंगा जल !

हिन्दु धर्ममा पानीलाई निकै महत्व दिइएको छ । हामी सबैलाई थाहा छ कि पानी बिना हाम्रो जीवन व्यर्थ छ । ज्योतिष शास्त्रमा पानीका यस्ता अनेकन उपायहरु बताइएको छ जसको गरे हाम्रा धेरै समस्या समाधान हुन्छन् र मनोकामना पनि पुरा हुन्छ । आउनुहोस् पानीका केही सरल उपायहरूका बारे जानौंस्
– ज्योतिषशास्त्र अनुसार यदि तपाईं आर्थिक संकटसँग लड्दै हुनुहुन्छ भने घरको उत्तर–पूर्व दिशाको बीचमा गंगा जल वा शुद्ध जल (भाँडामा) राख्नुपर्छ । प्रचलित विश्वास अनुसार यसो गर्नाले कहिल्यै धनको कमि हुँदैन ।
– यदि आफुलाई आफ्नो घरमा कसैले नराम्रो नजर लगाएको महसुस भए घरको मुख्य ढोकामा शुद्ध पानीको भाँडा राख्नाले घरमा लागेको नजर दोष समाप्त हुन्छ । यसका साथै घरमा कुनै पनि नकारात्मक ऊर्जा प्रवेश गर्न सक्दैन भने घरमा सकारात्मक वातावरण स्थापित हुन्छ ।
– कसैको घरमा लगातार पारिवारिक समस्या सृजना भइरहेको छ वा घरमा क्लेश छ भने एक गिलास शुद्ध पानीमा गंगाजल मिसाएर २४ पटक गायत्री मन्त्र जप गरी उक्त जललाई अभिमन्त्रित गर्नुहोस् । अब यो जल हरेक दिन आफ्नो घरमा छर्कनुहोस् । यसो गर्नाले परिवारमा देखापरिरहेको समस्या केही दिनमै समाप्त हुन्छ । यो काम घरको मुखियाले लगातार ७ दिनसम्म गर्नुपर्छ ।
– प्रत्येक दिन शुद्ध जलले भगवान् शिवको अभिषेक गर्नाले सबै प्रकारको समस्या हट्छन र भगवान् भोलेनाथको आशीर्वाद पनि प्राप्त हुन्छ ।
– ज्योतिषशास्त्रका अनुसार जसको घरमा अनावश्यक रुपमा पानी खेर जान्छ वा धाराबाट पानी चुहिरहन्छ त्यस्त घरमा मानसिक तथा आर्थिक समस्या सृजना हुन थाल्छ ।
– दिनहुँ उदाउँदो सूर्यलाई अर्घ्य दिँदा घरमा भएका सबै प्रकारका समस्याबाट मुक्ति मिल्नुका साथै घरमा कुनै पनि वस्तुको कमी हुँदैन ।
प्रतिक्रिया