सकियाे बिस्केट जात्रा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा गएरातिदेखि सम्पन्न भएको छ । गत चैत २७ गतेदेखि टौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा मंगलबार साँझ गःहिटीबाट पुनः भैरवको रथ तानेर मनाइएको छ ।
मंगलबार साँझ सबै पूजा सम्पन्न भएपछि तान्न थालिएको रथ राति ९ बजे नासमना पुर्याएर फर्काउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। उनले मध्यरातसम्म रथलाई टौमढी ल्याएर देवतालाई देवगृहमा पुर्याएर जात्रा सम्पन्न हुने बताए ।
जात्राको सुरुको दिन रथ तान्ने क्रममा राति ढुङ्गा हानाहान हुँदा ११ जना पक्राउ परेका थिए भने २३ जना घाइते भएका थिए । विसंअनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।
जात्राको अन्तिम दिन हिजाे साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्याएपछि यसवर्षको जात्रा सम्पन्न भएकाे छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् ।
प्रतिक्रिया