राहु र केतुलाई खुसी बनाउने उपाय

ज्योतिषशास्त्रमा राहु र केतुलाई छाँया ग्रह मानिन्छ । यी दुई ग्रहको नाम सुन्ने बित्तिकै मानिसहरु डराउँछन । राहु र केतुले कालसर्प दोष दिने मानिन्छ । जसको कुण्डलीमा राहु र केतु हुन्छ, उसको जीवनमा धेरै नै समस्याहरु आउँछन् । उनीहरुको हरेक काममा नचाहिने बाधा सृजना हुनुका साथै उनिहरु आर्थिक रुपमा समेत कमजोर हुन थाल्छन् ।
ज्योतिषशास्त्रमा राहु(केतुको दुष्प्रभाव हटाउने धेरै उपायहरु बताइएको छ । यी उपाय अपनाए लाभ मिल्ने मात्र नभई जीवनमा आउने बाधाहरूबाट पनि मुक्ति मिल्ने जनविश्वास छ । यस्तो अवस्थामा राहु(केतुको दोष हटाउने केही सरल उपाय जानौं ।
राहुको प्रभाव हटाउन
देवताहरुका देवता महादेवको पूजा गर्नाले सबै प्रकारका संकट हट्छन । यस्तो अवस्थामा राहुको संकटबाट जोगिन दिनहुँ विधिपूर्वक भगवान शिवको पूजा गर्नुपर्छ । ज्योतिषशास्त्र अनुसार राहुको समस्या हटाउन दान गर्नु पनि शुभ मानिन्छ ।
शनिबारको दिन कपडा, खाना आदि खाँचोमा परेकाहरुलाई दान दिन सकिन्छ । यसले जीवनमा सुख एवं समृद्धि ल्याउनेछ ।मन्त्र जप गर्दा पनि राहुको अशुभ प्रभाव हटाउन सकिने जनविश्वास छ । दैनिक पूजा गर्दा ॐ भ्रम भीं भ्रमं सः नमः राहु मन्त्रको जप गर्नुहोस् । घरको पूजा स्थलमा राहु यन्त्र स्थापना गर्नसकिन्छ ।
केतुको प्रभाव हटाउन
केतुको अशुभ प्रभाव हटाउन दान दिनु शुभ मानिन्छ। केतुको शुभ फल प्राप्त गर्न चाहनेहरुले तिल, वस्त्र, गाजल आदि दान गर्न सक्छन् । केतुसँग सम्बन्धित अशुभ प्रभाव हटाउन ”ॐ श्रां श्रीं श्रौं सस् केतव्य नमस्” मन्त्रको जप गर्नु लाभदायक साबित हुनसक्छ ।
प्रतिक्रिया