सोमबार, वैशाख ८, २०८२

कुरा ई-सिमको

नेपालखोज २०८० वैशाख ७ गते १०:४२

काठमाडाैं । २०१७ मा गुगलले ई- सिम (e-SIM) को सुविधा भएको संसारको पहिलो स्मार्टफोन लन्च गर्यो । उक्त गुगल पिक्सल-२ (Google Pixel 2 ) पछि एप्पलले २०१८ मा आइफोन एक्सएस ( iPhone XS ) श्रृंखलामा ई-सिम ल्यायो । हाम्रो नेपालमा ई-सिम प्रयोग गर्ने मानिस कमै छन् । आज हामी तपाईलाई भौतिक सिम कार्डबाट ई-सिम कार्डमा स्विच गर्ने कि नगर्ने भन्ने कुरा बताउनेछौं ।

एन्ड्रोइड र आईओएस दुवैका लागि ई – सिम प्रयोग हुनसक्छ । नेपाल टेलिकम लगायत एनसेलले पनि ग्राहकहरूलाई ई-सिम को सुविधा प्रदान गर्दछ । हामि घरमै बसेर भौतिक सिम कार्डलाई ई-सिममा रूपान्तरण गर्न सक्छौ , तर यदि ई-सिमलाई भौतिक सिम कार्डमा रूपान्तरण गर्न चाहने हो भने त्यसका लागि नजिकको टेलिकम अपरेटरको स्टोरमा जानुपर्छ अर्थात् यो काम घरमै बसेर गर्न सकिँदैन ।

यदि आफ्नो आइफोन कतै हराएको छ भने ई- सिमको को मद्दतले आफ्नो आइफोन फेला पार्न सकिन्छ। आफ्नो आईफोन लक भएको भए पनि ‘फाइन्ड माई आईफोन’ मार्फत ई-सिमको सहयोगमा आफ्नो आईफोन फेला पार्न सकिन्छ किनभने ई-सिम मोबाइल भित्र सक्रिय नै रहन्छ जसलाई फोन नखोल्दा निष्क्रिय गर्न सकिँदैन । यस कारण धेरैले आईफोनमा ई-सिम प्रयोग गर्न थालेका छन् । यदि एक फोनबाट अर्को फोनमा ई-सिम डाटा स्थानान्तरण गर्ने हो भने यो प्रक्रियामा २ घण्टा भन्दा बढी लाग्न सक्छ । यद्यपि एप्पलले आफ्नो नयाँ मोडलको आईओएस १६ अपडेटमा छिटो डाटा ट्रान्सफरको सुविधा दिएको छ तर नेपालमा त्यसले काम गर्दैन । अर्कातर्फ, यदि तपाइँ भौतिक सिम कार्डलाई एक उपकरणबाट अर्कोमा सार्न चाहनुहुन्छ भने, यो काम केहि सेकेन्डमा हुन्छ ।

विशेष कुरा के पनि हो भने एक फोनबाट अर्को फोनमा ई- सिम स्थानान्तरण गर्दा केहि घण्टा कुर्नुपर्ने हुनसक्छ । जस्तै नेट बैंकिङ वा अन्य काम । नेपालमा ई-सिमलाई सपोर्ट गर्ने धेरै कम स्मार्टफोनहरू छन । यसमा गुगल, एप्पल, सामसुङ र मोटोरोलाका फोनहरू प्रमुख छन् । अब ई-सिमको सुविधा ओप्पोका फोनहरूमा पनि उपलब्ध छ । यी कम्पनीका केही सिमित फोनमा मात्र ई-सिमको सुविधा उपलब्ध हुन्छ ।

प्रतिक्रिया