सोमबार, वैशाख ८, २०८२

नेप्सेमा पुन गिरावट : झण्डै १६ अंकले घट्दा ९८ करोड ३३ लाखको सेयर किनबेच

नेपालखोज २०८० वैशाख ७ गते १५:२५

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज १५ दशमलव ७३ अंकले घटेर १९ सय चार दशमलव ४० अंकमा झरेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ७९ अंकले घटेर तीन सय ६३ दशमलव १२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीहरुको २३ हजार दुई सय ६५ पटकको कारोबारमा ३२ लाख नौं हजार दुई सय १४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सूचक पाँच दशमलव ३० अंकले घटेर १२ सय ४५ दशमलव ९४ अंकमा झरेको छ भने बिकास बैंक समुहको सूचक ४७ दशमलव ३३ अंकले घटेर ३४ सय ५९ दशमलव ७२ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सूचक पनि ३२ दशमलव ३२ अंकले घटेर २४ सय ६५ दशमलव ४७ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि ७६ दशमलव ९७ अंकले घटेर नौं हजार चार सय ७६ दशमलव ६५ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सूचक पनि ३५ दशमलव ९७ अंकले घटेर आठ हजार छ सय पाँच दशमलव २३ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर आठ सय सात रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईसी एशिया शुलभ फण्ड २ को प्रतियुनिट सेयर मुल्य १० दशमलव चार प्रतिशतले घटेर आठ रुपैयाँ ६९ पैसा अन्तिम मुल्यमा कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सात सय ३४ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ७५ लाख ४३ हजार चार सय २५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया