अक्षय तृतीया अघि नै निकाल्नुहोस् घरबाट यी कुरा

वैदिक क्यालेन्डर अनुसार यो वर्षको अप्रिल २२ मा अक्षय तृतीया मनाइँदैछ । अक्षय तृतीया शुभ मुहूर्त हो अर्थात् यो शुभ समयमा साइत नदेखाइ दिन कुनै पनि काम गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार यो दिन भगवान् परशुराम, नर-नारायण र हयग्रीवको अवतार भएको जनविश्वास छ । ज्योतिषशास्त्रमा यो दिनको विशेष महत्व छ किनभने यो दिन सूर्य र चन्द्रमा दुवै ग्रह उच्च राशिमा अवस्थित हुन्छन् ।
तर के तपाईलाई थाहा छ अक्षय तृतीया अघि घरबाट केहि चीज बाहिर निकाल्नुपर्छ । किनभने यी चीजहरूले घरमा नकारात्मक ऊर्जाको प्रभाव बढाउँछन् । यसका साथै यहि कुराले घरमा समृद्धि आउँदैन । आउनुहोस् हेरौं ती चीजहरू के-के हुन ?
पुराना थोत्रा कपडा अक्षय तृतीया अघि पुराना फोहोर कपडाहरू घर बाहिर फाल्नुपर्छ । किनभने माता लक्ष्मीलाई सरसफाई मनपर्छ । घरको सरसफाईले माता लक्ष्मीलाई आकर्षित गर्छ । त्यसैले घरमा फोहोर लुगा र नक्कली भाँडाकुँडा नराख्नुहोस् । यसो गर्दा माता लक्ष्मी रिसाउन सक्छिन् ।
फाटे च्यातिएका पुराना जुत्ता – चप्पल घरमा भएका फाटे – च्यातिएका पुराना जुत्ता – चप्पललाई पनि गरिबीको लक्षण मानिन्छ । त्यसैले अक्षय तृतीया अघि आफूले नलगाउने सबै पुराना जुत्ता – चप्पल फालिदिनुहोस् । घरमा काम नलाग्ने जुत्ता – चप्पल भए माता लक्ष्मी फर्केर आउनुहुन्न र उहाँको कृपाबाट बञ्चित हुन सकिन्छ ।
सुकेका बोट – बिरुवा कतिपयले सुख्खा बिरुवा घरमा राख्छन्, जुन गलत हो । यी बिरुवाले वास्तु दोष पैदा गर्छन् । त्यसैले यदि आफ्नो घरमा बिरुवा रोप्दै हुनुहुन्छ भने ती बोट – बिरुवाहरू सुकेका छन् कि छैनन् ख्याल गर्नुहोस । त्यस्ता बोट – बिरुवालाई जमिनमुनि गाडिदिनुहोस् वा पोखरि अथवा बगेको पानीमा बगाई दिनुहोस् । यसो गर्नाले माता लक्ष्मी र वास्तु देवताको कृपा प्राप्त हुन्छ । काम नलाग्ने कुचो ( झाडू ) यदि तपाईको घरमा भाँचिएको , टुटेफुटेको कुचो छ भने अक्षय तृतीया अघि नै घरबाट बाहिर फालिदिनुहोस् । किनभने हिन्दू धर्ममा कुचोलाई लक्ष्मीको प्रतीक मानिन्छ। काम नलाग्ने थोत्रो कुचोको उपस्थितिले घरमा माता लक्ष्मीको आशीर्वाद समाप्त हुन्छ ।
यसका साथै माता लक्ष्मीको पूजा – आजा गर्दा पनि भनेजस्तो फल मिल्दैन । टूटे- फूटेका भाँडा बर्तन फुटेका भाँडाकुँडा घरमा राख्नु हुँदैन । यसो गर्नाले घरमा वास्तु दोष हुन्छ । यसका साथै यी भाँडाहरूबाट घरमा नकारात्मकता पनि सृजना हुन्छ । त्यसैले अक्षय तृतीया अघि फुटेका भाँडाकुँडा घर बाहिर निल्नुपर्छ ।
प्रतिक्रिया