को बन्ला ‘द पोएट आइडल’, फिनाले आज
नेपालखोज
२०८० वैशाख ८ गते १४:२७

काठमाडौं । नेपाली अर्गानिक शो ‘द पोएट आइडल’को आज ग्राण्ड फिनाले हुदैँछ ।
‘डन डिरेक्टर’का रुपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेको पहिलो नेपाली ‘शो’को फिनालेमा ४ प्रतिस्पर्धी मैदानमा छन् ।
आज साँझ ६ बजे देखि सुरु हुने फिनालेबाट नेपालले पहिलो ‘पोएट आइडल’पाउँदैछ । दर्शकले एपिवान टेलिभिजनबाट फिनाले हेर्न पाउने आयोजकले जनाएको छ ।
दर्शक तथा स्रोताको भोट र निर्णायकको निर्णयसहित चार जना कवि पल्लविव र निलम गुरुङ नेपाली भाषी भारतीय हुन् भने नाथन रायान र मिल्सन राई नेपालबाटै प्रतिनिधित्व गर्दैछन् । यि चारमध्ये एक जनाले पोएट आइडलको उपाधि उचाल्नेछ ।
‘द पोएट आइडल’मा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जर्जको भूमिका निर्वाह गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया