बिहीबार, वैशाख ११, २०८२

अक्षय तृतीयामा धन प्राप्तिको उपाय

नेपालखोज २०८० वैशाख ९ गते ६:४६

वैशाख शुक्ल पक्षको तेस्रो तिथिमा अक्षय तृतीया मनाइन्छ । यो वर्षको अक्षय तृतीया आज वैशाख ९ गते शनिबार ( २२ अप्रिल २०२३ ) परेको छ । पञ्चाङ गणना अनुसार अक्षय तृतीया २२ अप्रिल २०२३ (शनिबार) बिहान ८ : ०३ बजे सुरु भै २३ अप्रिल २०२३ (आइतबार) बिहान ७ : ५८ बजे समाप्त हुनेछ । यस दिन अमृत सिद्धि योग, रवियोग, सर्वार्थ सिद्धि योग, सौभाग्य योग, त्रिपुष्कर योग तथा आयुष्मान योगको पनि गठन हुने गरेको छ ।

अक्षय तृतीयालाई हिन्दू धर्मको सबैभन्दा शुभ दिन मानिन्छ । अक्षय तृतीयाको दिन विशेषगरी सुन खरिदका लागि शुभ मानिन्छ । यही कारणले गर्दा अक्षय तृतीयाको दिन मानिसहरु पंचांग नहेरि विवाह, मुण्डन जस्ता शुभ कार्यहरु सम्पन्न गर्दछन् । अक्षय तृतीयामा ऐश्वर्य र वैभवसँग सम्बन्धित केही उपाय गर्नु पनि फलदायी हुन्छ । यदि तपाई पनि आफ्नो सेफ पैसाले भरिपूर्ण होस् भन्ने चाहनुहुन्छ भने अक्षय तृतीयाको शुभ दिनमा केही उपाय अपनाउनुपर्छ । यि उपाय अपनाउने हो भने घरमा धन-सम्पत्तिको कहिल्यै कमी हुँदैन भन्ने मान्यता छ । अक्षय तृतीयामा धन प्राप्तिको उपाय अक्षय तृतीयाको दिन पूरै घरलाई राम्रो सँग सफा गर्नुपर्छ र वास्तु अनुसार घरको मर्मतसम्भार एवं सामान्य परिवर्तन गर्नुपर्छ ।

यो दिन आफ्नो वार्डरोब दक्षिणी पर्खालतिर घुमाउनुपर्छ । यो दिशा धन वृद्धिको लागि उत्तम मानिन्छ । अक्षय तृतीयाको दिन माता लक्ष्मीलाई गुलाबको फूल चढाउँदै गुलाबी रंगको वस्त्र लगाएर पूजा गर्नु उपयुक्त हुन्छ । मोती वा स्फटिक मोतीका साथ ‘ह्रीं क ए इ ल ह्रीं ह स क ह ल ह्रीं स क ल ह्रीं’  मन्त्र जप गर्नु पनि लाभदायक हुन्छ । अक्षय तृतीयाको दिन प्याज, लसुन, मासु आदि सेवन गरिदैन । कहिलेकाहीँ जागिर – व्यावसायआदि राम्रो सँग चले पनि घरमा पैसाको अभाव हुन्छ । यस्तो अवस्थामा घरको मुख्य ढोकामा भगवान गणेशको स्वरूप राख्नुपर्छ ।

यसले नकारात्मक शक्तिहरूको प्रभावलाई कम गर्नेछ भने पैसा सम्बन्धी समस्याहरू समाप्त हुनेछन । अक्षय तृतीयाको दिन दान गर्नु पनि शुभ मानिन्छ । यस दिन भुलेर पनि प्लास्टिक, आल्मुनियम वा स्टिलका भाँडाकुँडा वा सरसामान किन्नु हुँदैन । यो दिन कसैलाई ऋण दिनुहुँदैन । यसो गर्नाले माता लक्ष्मी आफुबाट अरु कसैको घर जानुहुन्छ। अक्षय तृतीयाको दिन माता लक्ष्मी र भगवान विष्णुको एकसाथ पूजा गरिन्छ । अक्षय तृतीयाको दिन माता लक्ष्मी र विष्णुजीको छुट्टाछुट्टै पूजा नगरी सँगै पूजा गर्नुपर्छ किनभने लक्ष्मी र भगवान विष्णु पति – पत्नी हुन् ।

प्रतिक्रिया