भोलेनाथ लाई प्रसन्न तुल्याउने उपाय
भगवान् भोलेनाथ निकै निर्दोष र प्यारा छन् । उनी सबैको कुरा सुन्छन् जसले भगवान शिवलाई प्रसन्न तुल्याउँछन् उसका सबै समस्या समाप्त हुन्छन् । हिन्दु धर्ममा सोमबार भगवान शिवको पूजा गर्नुलाई शुभ मानिएको छ । सोमबारको दिन भगवान शिवको पूजा गर्नाले उनको विशेष आशिर्वाद प्राप्त हुने जनविश्वास छ । त्यसैले सोमबार गर्न सकिने केही उपायका बारेमा जानकारी लिइ राखौं जसले हामीलाई धन, ऋण, सम्बन्ध र स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट मुक्त गर्नेछ ।

रुद्राक्षको दान वैवाहिक जीवन ठीक सँग चलिरहेको छैन र त्यसमा समस्या छ भने सोमबार शिव मन्दिरमा रुद्राक्ष दान गर्नुपर्छ । मन्दिरमा रुद्राक्ष दान गर्नाले दाम्पत्य जीवनमा सुख-समृद्धि आउनुका साथै सबै समस्या हट्ने जनविश्वास छ । यसका साथै यसबाट पैसाको समस्या पनि समाप्त हुन्छ । उपवास गर्ने भगवान शिवको आशीर्वाद प्राप्त गर्न सोमबारको व्रत पनि बस्न सकिन्छ । यो पुरै दिन व्रत बसे भगवान शिवको कृपाले रोकिएका धेरै कामहरू पूरा हुनेछन् ।
यदि दिनभर व्रत बस्न सकिदैन भने दिनमा एक पटक मात्र खाएर व्रत बस्न सकिन्छ। सेतो वस्तु दान गर्नुहोस् दानलाई हिन्दू धर्मको महत्त्वपूर्ण पक्ष मानिन्छ । सोमबार खाँचोमा परेकाहरूलाई खाना, लुगा वा पैसा दान गर्न सकिन्छ। सोमबारको दिन चामल, दही, सेतो कपडा, चिनी, दुध तथा दुग्धजन्य पदार्थ र सेतो मिठाई विपन्नलाई दान गर्नु शुभ मानिन्छ । यसरी गरौं विशेष पूजा महादेवको कृपा प्राप्त गर्न सोमबार विशेष पूजा गर्नुपर्छ ।
यस दिन भगवान शिवलाई दूध, बेलपत्र, फूल तथा फल चढाउनु शुभ मानिन्छ । शिवलिंगको अगाडि दीप वा धूप पनि बाल्न सकिन्छ। मन्त्र जप यदि अनेकन समस्याको सामना गरिरहनु भएको छ भने सोमबारको दिन भगवान शिवको मन्त्र जप गरी उहाँलाई प्रसन्न तुल्याउनु होस् । मन्त्र जप गर्नाले भाग्य चम्किन्छ भने धेरै समस्याहरु समाप्त हुनेछन ।
प्रतिक्रिया