साउथका यी चर्चित खलनायक

काठमाडाैं । यतिबेला साउथका फिल्मको चर्चा बलिउडको तुलनामा बढी हुन थालेको छ । पछिल्ला केही वर्ष यता साउथका धेरै फिल्मले बक्स अफिसमा धमाका मच्चाएका छन् भने तिनले कमाईका धेरै रेकर्ड पनि तोडेका छन् । यस्तो अवस्थामा साउथ सिनेमाका नायक मात्र नभएर खलनायक पनि चर्चाको बिषय बनेका छन् ।
साउथ सिनेमाका नायक मात्र नभई पर्दामा दर्शकको मन जित्ने खलनायक पनि उत्तिकै छन् । कतिपय खलनायक यस्ता छन् जसलाई दर्शकले लामो समयसम्म सम्झिरहने छन् । दक्षिण भारतिय सिनेमाका यी डरलाग्दा खलनायकका अगाडि बलिउडका नामुद खलनायकहरु पनि फिक्का लाग्छन् ।
राणा दग्गुबाती
बाहुबलीमा राणा दग्गुबतीले भल्लालदेवको भूमिका निर्वाह गरेका थिए । जसलाई दर्शकले आजसम्म सम्झिरहेका छन् ।
एम नस्सर
नास्सरले साउथका धेरै फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनको एउटा फिल्म बाहुबली पनि हो , जसमा एम नस्सरले भल्ला देवको बुबाको भूमिका निर्वाह गरेका थिए ।
जगपति बाबु
जगपति बाबु अरविन्द , समिता , वीरा राघव, राधे श्याम, नेला टिकट जस्ता फिल्ममा खलनायक बनेका छन् । जगपति बाबु सलमान खानको नयाँ फिल्म ‘किसी का भाइ किसकी जान भी’ मा पनि खलनायकको भूमिकामा देखिएका छन् ।
रामचन्द्र राजु
रामचन्द्र राजुले फिल्म केजीएफ च्याप्टर- १ मा गरुणको भूमिका निर्वाह गरेका थिए । जसलाई पर्दामा निकै रुचाइएको थियो ।
सुनिल वर्मा
सुनिल वर्माले फिल्म पुष्पा- १ मा आफ्नो खलनायक अवतारबाट निकै चर्चा कमाए ।
सञ्जय दत्त
गत वर्ष सञ्जय दत्तले फिल्म केजीएफ च्याप्टर–२ मा अधीराको भूमिका निर्वाह गरेर दर्शकको मन जितेका थिए । यो फिल्ममा उनको लुकले पनि निकै चर्चा पाएको थियो ।
प्रतिक्रिया