बिहीबार, वैशाख ११, २०८२

लक्ष्मीको आशीर्वाद प्राप्त गर्न श्रीयन्त्रको पूजा

नेपालखोज २०८० वैशाख १४ गते ५:५३

श्रीयन्त्रको पूजा गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ । यसबाट धन सम्पत्तिमा बृद्धि हुनेछ । श्रीयन्त्रलाई लक्ष्मीको प्रतीक मानिन्छ। ज्योतिषशास्त्र अनुसार घरमा श्रीयन्त्रको स्थापना र पूजा गर्नाले धन वृद्धि हुन्छ भने कुनै किसिमको आर्थिक संकट झेल्नु पर्ने अवस्था हुँदैन । यसको प्रभावले व्यापारमा प्रगति हुनेछ , गरिबी हट्नेछ भने धन लाभको योग बन्नेछ ।

कसरी स्थापना गर्ने श्रीयन्त्र

– श्रीयन्त्र पूजास्थल, ढुकुटि , व्यापार स्थल आदिमा स्थापित गर्न सकिन्छ।

– श्रीयन्त्रको नियमित पूजा गर्नुपर्छ ।

– अक्षय तृतीयाको दिन श्रीयन्त्र स्थापनाका लागि शुभ मानिन्छ । यस दिन गरेको शुभकर्मको पुण्य सदा कायम रहन्छ ।

– पूजास्थलमा एउटा सानो आसन बनाएर रातो वा गुलाबी रंगको कपडा बिछ्याउनुहोस्।

– उक्त आसनमा श्रीयन्त्र स्थापना गर्नुहोस् । ( अब लक्ष्मीमाताको स्मरण गरी रातो फूल, अक्षता, कमलको फुल , चन्दन, धूप, दीप आदिले श्रीयन्त्रको पूजा गर्नुहोस्।

– श्रीयन्त्रको दाहिने तिर घ्यूको दियो राख्नुहोस् । यसका साथसाथै लक्ष्मीको पूजा गर्नुहोस । सेतो बर्फी, खीर आदि भोग चढाउनुहोस् ।

लक्ष्मीजीको महामन्त्र :

श्रीयन्त्र र माता लक्ष्मीको पूजा गरेपछि माता लक्ष्मीको मन्त्र जप गर्नुहोस् ।

महालक्ष्मी मन्त्र (ओम श्रीं क्लीं महालक्ष्मी महालक्ष्मी एह्येहि सर्व सौभाग्यं देहि मे स्वाहा ।
तथा ( ओम श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ओम महालक्ष्मी नमः ।

कमलको मालाले यी दुई मन्त्रको कम्तिमा १०८ पटक जप गर्नुहोस् । यसो गर्दा सुख(समृद्धिमा वृद्धि हुनेछ र तपाईले देवी लक्ष्मीको कृपा प्राप्त गर्नुहुनेछ ।

श्रीयन्त्रको पूजा गरेपछि लक्ष्मी र गणेशजीको आरती गर्नुपर्छ अनि त्यो दियो सारा घरमा घुमाउने । पूजा गरेपछि श्रीयन्त्रलाई पूजास्थलमा राख्नुहोस् र दिनहुँ यो प्रक्रिया दोहोर्याउनुहोस् ।

प्रतिक्रिया