मंगलबार, वैशाख ९, २०८२

लुम्बिनी प्रदेश : नयाँ सरकारका लागि आज दाबी पेस गरिँदै

नेपालखोज २०८० वैशाख १४ गते ७:३०

काठमाडाैं । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिँदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका छन् । यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए ।

तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४र४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रतिक्रिया