सोमबार, वैशाख ८, २०८२

नेप्सेमा सामान्य गिरावट

नेपालखोज २०८० वैशाख १४ गते १५:४०

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन १३ दशमलव ६८ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि दुई दशमलव २७ अंकले घटेर १८ सय ८९ दशमलव ७३ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शुन्य नौं अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको २१ हजार आठ सय ५१ पटकको कारोबारमा २१ लाख ७४ हजार नौं सय १४ कित्ता सेयर खरिद बिक्री भएकोमा कल कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार दुई सय ४७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ९८ अंकले बढेर १२ सय ३६ दशमलव ५६ अंकमा चढेकोमा होटल तथा पर्यटन समुहको सुचक पनि ६४ दशमलव ३२ अंकले बढेको छ ।

बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ७० अंकले घटेर तीन हजार चार सय ६३ दशमलव ७० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव १३ अंकले घटेर २४ सय ३० दशमलव २२ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि १३ दशमलव १३ अंकले घटेर नौं हजार चार सय २७ दशमलव ३६ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ११ दशमलव शुन्य छ अंकले घटेर आठ हजार पाँच सय ८९ दशमव ९२ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज सिटिजन्स म्युचुअल फण्ड–२ को प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ८५ प्रतिशतले बढेर सात रुपैंयाा ७ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा एनआईबिएल गोथ फण्डको प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर नौं रुपैंयाँ अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज एभरेष्ट बैंकको प्रतिकित्ता पाँच सय ३९ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड ७६ लाख ९१ हजार चार सय १९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया