बुधबार, वैशाख १०, २०८२

सानिमा बैंक गर्याे १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

नेपालखोज २०८० वैशाख १५ गते १४:५३

काठमाडौं । सानिमा बैङ्कले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैङ्कका खातावाला उदय कुमार साहको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको बैङ्कले जानकारी दिएको छ ।

सानिमा बैङ्कका मधेस प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका छन् । स्वर्गीय उदय कुमार साहले सानिमा बैङ्कको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

बैङ्कले दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाख रुपैयाँसम्मको छ जटिल रोगको उपचार बिमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बिमा, २५ हजार रुपैयाँसम्मको आवधिक जीवन बिमा र पाँच हजार रुपैयाँसम्मको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया