मंगलबार, वैशाख ९, २०८२

९७ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०८० वैशाख १५ गते १५:३७

काठमाडौं । आगामी आईतबारबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गर्ने भएको छ । सो दिनबाट पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र ‘२०८५’ (५ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

बचतपत्रको बिक्री खुल्ला हुने अवधि यही बैशाख १७ गतेदेखि २०८० जेठ १७ गतेसम्म तोकिएको छ । निष्काशन मिती भने २०८० जेठ २४ गते तोकिएको बचतपत्रको साँवा भुक्तानी अवधि भने २०८५ जेठ २४ गते तोकिएको छ । वार्षिक ११ प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी भने अर्धबार्षिकरुपमा अर्थात छ, छ महिनामा हुने छ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्राली सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली, आईएमई लिमिटेड, एनएमबी बैंक लिमिटेड, ग्लोवल आईएमई बैंक, नेपाल बैंक र इसेवा मनी ट्रान्सफर सहितका १५ वटा वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया