देउता र मानिस
अशेष मल्ल
२०८० वैशाख १६ गते ८:३३

सोचे जति सबै पुग्ने भए
मानिस स्वयम् देउता हुन्थे
बन्द हुन्थे सायद
मन्दिरका ढोकाहरु ।
अधुरा हुन्छन् ईच्छाहरु
र त धाउछन्
देउता खोज्दै
मन्दिर मन्दिर।
हैरान होलान् देउता सायद
मागहरुकोे लामो
जुलूस देखेर ।
के होला
सँधैका लागि बन्द भए
मन्दिरका ढोकाहरु ।
कहाँ जाँदा हुन्
अधुरा सपनाहरुको
मागपत्र बोकेर ।
कहाँ पोख्दा हुन्
दृश्य अदृश्य
गुनासाहरु ।
भौतारिँदै कहाँ जाँदा हुन्
दुखीहरु देउता खोज्न
खुला छन् ढोकाहरु मन्दिरका
मुर्तिवत् मौन छन् देउता
भक्तहरुसँग
पापकर्मका प्रतिप्रश्न गर्दैनन् देउता
यसैले लामबद्द छन्
ईच्छापत्र सहितका भक्तजनहरु
जुन दिन बोल्न थाल्नेछन् देउता
शून्य हुनेछन् मन्दिर ।
सम्बन्धित
प्रतिक्रिया