सोमबार, वैशाख ८, २०८२

उच्च अंकले घट्यो नेप्से, लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा

नेपालखोज २०८० वैशाख १७ गते १५:५३

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिखेर चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको तयारीमा जुटेको छ ।

धेरै लगानीकर्ताहरुले अपेक्षा गरेका छन् कि राष्ट्र बैंकले यसपटक सेयर धितो कर्जामा लगाताएको १२ करोड रुपैंयाँको क्याप हटाउने छ र त्यसपछि भने सेयर बजारले केही हदसम्म गति लिने सक्ने छ । यहीकारण पनि लगानीकर्ताहरुले अहिले सेयर बजारप्रति पर्ख र हेर को अवस्थामा बसेका छन् ।

यो अवस्थामा साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १९ दशमलव ११ अंकले घटेर १८ सय ७० दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले घटेर तीन सय ५८ दशमलव १४ अंकमा झरेको छ ।

नेप्सेमा दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ४७ अंकले घटेर १२ सय २७ दशमलव नौं अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४२ दशमलव ६७ अंंकले घटेर तीन हजार चार सय २१ दशमलव तीन अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ४४ अंकले घटेर २३ सय ८४ दशमलव ७८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव १७ अंकले घटेर नौं हजार तीन सय ३८ दशमलव ११ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ४६ दशमलव ६६ अंकले घटेर आठ हजार पाँच सय ४३ दशमलव ६२ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज एनएमबी शुलभ फण्ड–२ को प्रतियुनिट सेयर मुल्य तीन दशमलव ३३ प्रतिशतले बढेर आठ रुपैंयाँ छ पैसामा प्रतियुनिट सेयर कारोबार हुँदा एनआईबिएल ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य आठ दशमलव ८९ प्रतिशतले घटेर आठ रुपैंयाँ २० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता चार सय पाँच रुपैंयाँ अन्तिम मुल्यमा चार करोड २५ लाख १० हजार आठ सय २५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया