बिहीबार, वैशाख ११, २०८२

खराब मौसमका कारण चारधाम यात्रा स्थगित, तीर्थयात्रीहरु श्रीनगरमा अलपत्र

नेपालखोज २०८० वैशाख १९ गते ६:२०

काठमाडाैं । केदारनाथ र बद्रीनाथमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षाका कारण सडकमा ठूला-ठुला ढुङ्गा जम्मा भएका छन् । जसका कारण आज राति अबेर चारधाम यात्रा रोकिएको छ । यात्रुहरूलाई नजिकका शहरहरूमा बस्न अपील गरिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार एनआईटी उत्तराखण्ड र चारधाम यात्रीहरूलाई रोकिने बद्रीनाथ बस स्ट्यान्ड नजिकै चेकिङ प्वाइन्टहरू बनाइएको छ । श्रीनगर सहरका एसएचओ रवि सैनीका अनुसार श्रीनगरमा गढवाल प्रहरीले एनआईटी उत्तराखण्ड र बद्रीनाथ बस स्ट्यान्ड नजिकै चार धाम यात्रीहरूलाई रोकेका छन ।

राती बस्न अनलाइन बुकिङ गरेकाहरूलाई मात्र रुद्रप्रयाग सम्म जान अनुमति दिइएको छ। जसको बुकिङ छैन उनीहरुलाई नजिकैको श्रीनगरमा बस्न आग्रह गरिएको छ । श्रीनगरमा बस्न पर्याप्त व्यवस्था रहेकाले यात्रुलाई कुनै समस्या नपर्ने प्रहरीले जनाएको छ । मौसम सफा भएपछि सबैले आफ्नो यात्रा जारी राख्न सक्ने प्रहरीको भनाइ छ ।

यसअघि शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले तीर्थयात्रीहरूलाई कोभिड-१९ लगायत सबै स्वास्थ्य परीक्षणहरू पास गरेपछि मात्र तीर्थयात्राको योजना बनाउन सल्लाह दिएका थिए। मुख्यमन्त्रीले राज्य सरकारले एसओपी जारी गरेको र यो वर्ष तीर्थयात्रा गर्नेहरूले त्यसलाई पालना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया