मोदी ईनर्जीको आईपीओ बिक्री खुला

काठमाडाैं । मोदी ईनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात २९ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहको २० लाख ९५ करोड ६१० कित्ता तथा सर्वसाधारणलाई छुट्टयाईएको जारी पूँजीको १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता गरी ६४ लाख ४५ हजार ६१० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
त्यस मध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ । साथै २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
प्रतिक्रिया