सोमबार, वैशाख ८, २०८२

रोकिएन नेप्सेको निरन्तरको गिरावट

नेपालखोज २०८० वैशाख २० गते १५:३३

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन चार दशमलव २७ अंकले घटेको नेप्से आज पुन नौं दशमलव १८ अंकले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले घटेर तीन सय ५५ दशमलव ८३ अंकमा झरेको छ । नेप्सेमा दुई सय ६५ वटा कम्पनीहरुको १८ हजार आठ सय ७६ पटकको कारोबारमा २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक शुन्य दशमलव ५६ अंकले बढेको छ भने सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले बढेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९८ अंकले घटेर १२ सय २४ दशमलव शुन्य तीन अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक आठ दशमलव एक अंकले घटेर तीन हजार चार सय १४ दशमलव ६२ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुुचक पनि २९ दशमलव २३ अंकले घटेर २३ सय ३४ दशमलव ८९ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ६९ अंकले घटेर नौं हजार दुई सय ८२ दशमलव ३५ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि १४ दशमलव ५९ अंकले घटेर आठ हजार पाँच सय दुई दशमलव ७८ अंकमा झरेकोमा फाईनान्स, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव शुन्य नौं प्रतिशतले बढेर चार सय ६३ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ३५ प्रतिशतले घटेर सात रुपैंयाँ ६१ पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता तीन सय ९९ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड पाँच लाख तीन हजार चार सय ९८ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया