सोमबार, वैशाख ८, २०८२

दुई यात्री लिएर ‘स्पेस एक्स’ अन्तरिक्षका लागि प्रस्थान, दुई महिना अन्तरिक्षमै विताउने

नेपालखोज २०७७ जेठ १८ गते १४:३६

काठमाडौँ । अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ ।

यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो ।

पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो । अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्ली छन् । अमेरिकाले विगत नौ वर्ष पछि यो मिसनका लागि काम गरिरहेको थियो । उनीहरु यसअघि स्पेश शटलबाट दुई दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् ।

यो जोडीको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रा १९ घण्टाको रहेको छ । उनीहरुले अन्तरिक्ष केन्द्रमा दुई महिना बिताउनेछन् । -एजेन्सी

प्रतिक्रिया