चन्द्रग्रहण लाभप्रद रहनेछ यी राशिलाई

सन् २०२३ मा बुद्ध पूर्णिमा अर्थात वैशाख २२ गते ९ मे ५ ० शुक्रबार चन्द्रग्रहण लाग्दैछ । यो छाया चन्द्रग्रहण हुनेछ, जसमा सुतक मान्य हुनेछैन । चन्द्रमालाई मनको कारकको रूपमा वर्णन गरिएको छ। सोही ज्योतिषका अनुसार वर्षको पहिलो चन्द्रग्रहणको प्रभाव सबै राशीमा देखिने भएपनि ३ विशेष राशिमा यसको विशेष प्रभाव देखिनेछ ।
मिथुन
वर्षको पहिलो चन्द्रग्रहणले मिथुन राशिका लागि शुभ फल दिनेछ । नयाँ कामको खोजीमा रहेका मानिसहरुको खोजी समाप्त हुनेछ । तलब बढ्न सक्छ । व्यवसायी वर्गले मनग्य लाभ लिनसक्ने छन । आर्थिक अवस्था राम्रो हुनेछ । विदेश यात्राको अवसर जुटन सक्छ, जुन लाभदायक साबित हुनेछ । यस बाहेक शैक्षिक प्रतिस्पर्धामा संलग्न हुनेहरूका लागि समय अनुकूल छ ।
सिंह
बुद्ध पूर्णिमा र चन्द्रग्रहणको संयोजनले वादविवादमा राहत दिनेछ। अदालती मामिलाहरु आफ्नो पक्षमा रहनेछन् । कुनै नयाँ कामको थालनी गर्न समय अनुकुल रहनेछ । व्यापारिक रणनीतिले लामो समयसम्म नाफा दिनेछ ।
मकर
चन्द्रग्रहण र बुद्ध पूर्णिमाको संयोगले मकर राशिका मानिसहरु लाइ शुभफल दिनेछ । नोकरीमा बढुवा वा तलब बृद्धि हुने योग छ । मकर राशिका व्यक्तिहरूले उच्च अधिकारीको सहयोग प्राप्त गर्नेछन् । नयाँ गाडी वा घर खरिद हुने सम्भावना पनि छ । सम्पत्ति लगानीबाट लाभ मिल्नेछ ।
चन्द्रग्रहणमा समय प्रतिकुल रहनेछ यी राशिको
वर्षको पहिलो चन्द्रग्रहण वैशाख २२ गते ९ मे ५ ० शुक्रबार लाग्दैछ । यसपटक पनि चन्द्रग्रहणको दिन वैशाख पूर्णिमा र बुद्ध पूर्णिमा पनि परेको छ । यसपटक तुला राशिमा चन्द्रग्रहण लाग्दैछ । ज्योतिषशास्त्रमा चन्द्रग्रहण र सूर्यग्रहणको ठूलो महत्व छ । ज्योतिष शास्त्र अनुसार ग्रहणको प्रभाव सबै मानिसमा पर्दछ तर, यसपटक नेपालमा चन्द्रग्रहण नदेखिने भएकाले त्यसको कुनै असर नपर्ने र सुतक पनि मान्य हुने छैन । यद्यपि ज्योतिषशास्त्र अनुसार यो चन्द्रग्रहणले राशिहरुमा भने प्रभाव छोडनेछ । ज्योतिषशास्त्रका अनुसार यो चन्द्रग्रहणले यी राशीमा अशुभ प्रभाव पार्नेछ ।
मेष
ज्योतिषका अनुसार वर्षको पहिलो चन्द्रग्रहण मेष राशिका लागि अशुभ रहनेछ । यस्तो अवस्थामा मेष राशिका व्यक्तिहरूले केहि सावधानी अपनाउन जरुरी छ । ज्योतिषहरुका अनुसार चन्द्रग्रहणको दिन हतारमा कुनै पनि निर्णय नगर्नुहोस् । यसले भविष्यमा क्षति पुर्याउन सक्छ।
वृष
यस पटकको चन्द्रग्रहण वृष राशिका लागि पनि शुभ रहने छैन । वृष राशिका व्यक्तिहरुको चन्द्रग्रहणका दिन अपरिचित व्यक्तिसँग विवाद हुनसक्छ भने परिवारका सदस्यहरू बीच मनमुटाव हुन सक्छ। यस्तो अवस्थामा आफूमा संयम राख्नुहोस् र विवादबाट टाढा रहनुहोस्।
कर्कट
कर्कट राशिका लागि वर्षको पहिलो चन्द्रग्रहणले अशुभ फल दिनेछ । कर्कट राशिका व्यक्तिहरूले चन्द्रग्रहणको दिन आफ्नो स्वास्थ्यको ख्याल गर्न आवश्यक छ। काम गर्ने व्यक्तिहरूले केही समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ।
प्रतिक्रिया