मंगलबार, वैशाख ९, २०८२

प्रतिव्यक्ति जीडीपीका आधारमा सबैभन्दा धनी राष्ट्र कुन ?

नेपालखोज २०८० वैशाख २३ गते १४:२९

काठमाडाैं । बालबालिकाको जीवन बचाउने वस्तुको उत्पादन अर्थतन्त्रका लागि त्यति नै महत्त्वपूर्ण छ जसरी उनीहरूलाई मार्ने हतियारको उत्पादन । यसबाहेक, यसले गुणस्तर मापन गर्दैन, मात्रा मात्र मापन गर्छ ।

जब तपाइँ रेल यात्राका लागि टिकटको शुल्क भुक्तानी गर्नुहुन्छ, त्यो पनि जीडीपीको गणनामा समावेश हुन्छ । त्यति बेला तपाईले लिइरहनुभएको ट्रेन जीर्ण, भीडभाडयुक्त , खराब सर्भिस र फोहोर वा राम्रोसँग मर्मत गरिएको र समयनिष्ठ बुलेट ट्रेन हो कि होइन भन्ने कुराले फरक पर्दैन । अर्कातर्फ, यसले सम्पत्तिको असमान वितरणका बारेमा केही बोल्दैन । कुनै देशको जीडीपी धेरै उच्च हुन सक्छ, तर त्यहाँ आर्थिक असमानता पनि धेरै हुन सक्छ।

ध्यान दिनु पर्ने कुरा के हो भने यो सूचीमा जीडीपीको प्रति व्यक्ति अनुमानमा धेरै नै फरक हुन सक्छ । प्रतिव्यक्ति जीडीपी त्यो मापन हो जसले देशको राष्ट्रिय आय (एक निश्चित अवधिमा जीडीपी मार्फत) र त्यहाँका बासिन्दाहरू बीचको सम्बन्ध देखाउँछ । यद्यपि यसले पनि वास्तविकतालाई उजागर गर्दैन तर विज्ञहरूका अनुसार यसले देशको सामाजिक-आर्थिक अवस्थाको राम्रो जानकारी दिन्छ ।
आईएमएफ़ को हालको मूल्याङ्कन (२०२३) अनुसार प्रतिव्यक्ति जीडीपीका आधारमा विश्वका दस धनी देश यी हुन् :

१. लक्जमबर्ग
२. सिंगापुर
३. आयरल्याण्ड
४. कतार
५. मकाउ
६. स्विजरल्याण्ड
७. नर्वे
८. संयुक्त अरब इमिरेट्स
९. ब्रुनाई
१०. अमेरिका ।

प्रतिक्रिया