बलिउड अभिनेता आमिर खान नेपालमा
नेपालखोज
२०८० वैशाख २४ गते १३:३४

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आइपुगेका छन् ।
स्रोतका अनुसार खान बिहान १० बजे काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौंको बाहिरी भागमा रहेको योगस्थलमा गएको बताइएको छ ।
आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशलका लागि परिचित छन् । उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है, रंग दे बसन्ती लगायतका छन् ।
सम्बन्धित
प्रतिक्रिया