मानव शरीरका सात चक्रहरू

काठमाडौं । मानव शरीरमा मूलतः सात वटा चक्र छन्। शास्त्र अनुसार यी चक्रलाई मूलधार, स्वाधिष्ठान, अनाहत, विशुद्ध, मणिपुर, अजना र सहस्त्रर भनिन्छ ।
धार्मिक मान्यता अनुसार कुनै पनि मानिसको जीवन शक्ति यी सात वटा चक्रमा निहित हुन्छ । भनिन्छ – कुनै व्यक्तिले यी सात चक्रलाई राम्रो सँग व्यवस्थापन गर्ने हो भने जस्तोसुकै कठिन काममा पनि सफलता मिल्छ । यदि यो चक्र व्यक्तिको शरीरमा जाग्यो भने व्यक्ति भित्र चमत्कारी परिवर्तन देखा पर्न थाल्छ।
चक्र के हो ?
धार्मिक ग्रन्थहरू अनुसार यी चक्रको उत्पत्ति प्राचीन सनातन र बौद्ध परम्पराहरूमा पत्ता लगाइएको थियो । भनिन्छ – यो चक्र मानिसको शरीरमा रहेको ऊर्जाको केन्द्र हो । यी सात चक्र हाम्रो शरीरमा अवस्थित छन् जुन हाम्रो मेरुदण्डबाट सुरु भएर टाउकोको माथिसम्म जान्छ ।
प्रत्येक चक्रको आफ्नै छुट्टै फ्रिक्वेन्सी हुन्छ । यी प्रत्येक चक्रले हाम्रो शरीरका विशिष्ट कार्यहरू नियन्त्रण गर्छन् । मानिसको शरीरमा रहेका यी ७ चक्रले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।
हाम्रो शरीरका ७ चक्र
मूलाधार चक्र – शास्त्र अनुसार मूलाधार वा मूल चक्र मानिसको वृत्ति, संरक्षण, अस्तित्व र मौलिक क्षमतासँग सम्बन्धित छ। मूलाधार चक्र पुरुषको गुप्तांगको बिचमा हुन्छ। भनिन्छ जब कुनै व्यक्तिले आफ्नो अस्तित्व खतरामा परेको महसुस गर्न थाल्छ उसले यो चक्रबाट मार्ने वा मर्ने कुरा सोच्दछ ।
स्वाधिष्ठान चक्र – यो चक्र व्यक्तिको कम्मरको पछाडिको त्रिकोणीय हड्डीमा अवस्थित हुन्छ । स्वाधिष्ठान चक्र सामान्यतया व्यक्तिको आधारभूत प्रणालीसँग सम्बन्धित मानिन्छ । यो चक्र लत, मौलिक भावना तथा आनन्दका लागि हो ।
मणिपुर चक्र – मणिपुर चक्र पाचन तथा पाचन प्रणाली सँग सम्बन्धित छ। मणिपुर चक्र मानिसको नाभि स्थानमा हुन्छ । यसले मानिसले खाएको खानालाई ऊर्जामा परिणत गर्छ भन्ने विश्वास गरिन्छ ।
अनाहत चक्र – अनाहत चक्रलाई अनाहत पुरी चक्र पनि भनिन्छ। यो चक्र मानवको बाल्य ग्रन्थि सँग सम्बन्धित छ । भनिन्छ अनाहत चक्र मानिसको छातीमा हुन्छ ।
विशुद्ध चक्र – विशुद्ध चक्रले मानिसको थाइराइड तथा हार्मोनलाई नियन्त्रण गर्ने काम गर्छ । भनिन्छ विशुद्ध चक्र मानिसको घाँटीमा हुन्छ । विशुद्ध चक्र कै कारण मानवको विकास हुने मान्यता छ ।
अजन चक्र – शास्त्र अनुसार अजन चक्र मानिसको दुई भौंको बिचमा हुन्छ । यो चक्रको मुख्य कार्य उच्च र निम्न बिचको सन्तुलन कायम राख्नु हो।
सहस्त्रार चक्र – सहस्त्रार चक्रले मानव शरीरमा रहेको शुद्ध चेतनाको विकासमा योगदान पुर्याउँछ भन्ने विश्वास गरिन्छ। सहस्त्रार चक्र मानव मस्तिष्कको बिचमा माथि रहेको मानिन्छ ।
प्रतिक्रिया