मंगलबार, वैशाख ९, २०८२

हरेक निराशालाई कसरी पराजित गर्ने ?

नेपालखोज २०८० वैशाख २७ गते ६:२६

भनिन्छ, जिन्दगी जुनसुकै कठिन अवस्थाबाट गुज्रिए पनि आफूलाई सम्हाल्न आशाको एउटा सानो किरण पर्याप्त हुन्छ ।

जस्तै, मुड जतिसुकै खराब किन नहोस्, केही विचार वा स-साना त्यस्ता कुराहरू हुन्छन्, जसलाई देखेर हाम्रो दुःख हट्छ र हामी सकारात्मकताले भरिन्छौँ ।

जीवनमा कुनै पनि प्रकारको निराशा हाबी हुँदा सकारात्मकताले भर्ने यस्ता ऊर्जावान् विचारहरू हेरौँ :

आफ्नो कल्पनामा ठुला कुरा

हाम्रो कल्पना हाम्रो सीमा हो । भनिन्छ जबसम्म हामी आफ्नो सीमा तोक्दैनौँ तबसम्म हामीलाई कसैले रोक्न सक्दैन । यस्तो अवस्थामा सधैँ आफ्नो कल्पनामा ठुलो कुरा सोच्नु पर्छ, ताकि आफूमा केही राम्रो गर्ने र अगाडि बढ्ने जोस कायम रहोस् ।

सानो प्रयासलाई रोक्नुहुँदैन

सानो कुराले पनि हाम्रो दिन राम्रो बनाउँछ । जुन काम आज हामीलाई सानो लाग्छ त्यसले एक दिन हामीलाई विश्वभर पहिचान दिन सक्छ । यस्तो अवस्थामा सानो प्रयासलाई पटक्कै रोक्नुहुँदैन । जीवनमा सधैँ सानो कुराबाट ठुलो अर्थ खोज्नुपर्छ ।

सङ्घर्षमा आफ्नो शक्ति खोज्नुपर्छ

जीवनको सङ्घर्षलाई समस्याका रूपमा नभई आफ्ना शक्तिहरू पत्ता लगाउने अवसरका रूपमा हेर्नुपर्छ । त्यसपछि के देखिन्छ भने हरेक सङ्घर्ष पार गरेपछि हाम्रो व्यक्तित्व अझ राम्रो भएको छ । हिजोलाई आज माथि हाबी हुन दिनुहुँदैन ।

हरिवंश राय बच्चनको कविता ‘जो बीत गई वो बात गई’ (जे बितिसक्यो त्यो बितिसक्यो)लाई पछ्याएर हरेक दिन नयाँ सुरुवात गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया