संसारकै सबैभन्दा शिक्षित व्यक्ति

के तपाईलाई थाहा छ संसारको सबैभन्दा शिक्षित व्यक्ति को हो ? यो व्यक्ति अमेरिका, बेलायत वा युरोप जस्ता देशका होइनन्, जहाँ विश्वका उत्कृष्ट विश्वविद्यालयहरू छन् । बरु यी व्यक्ति अफ्रिकी देश सियरा लियोनका हुन् । सियरा लियोनका डा. अब्दुल करीम बांगुरालाई संसारकै सबैभन्दा शिक्षित व्यक्ति मानिन्छ । डा. अब्दुल करीम बांगुरा एक लेखक, शैक्षिक प्रशासक, अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्। उनले जम्मा पाँच विषयमा पीएचडी गरेका छन् ।
डा. अब्दुल करीमको जन्म २६ अगस्ट १९५३ मा सिएरा लियोनको बो प्रान्तमा भएको थियो। उनका बुबाको नाम अली कुण्डा बांगुरा थियो, जो उत्तरी सियरा लियोनमा अवस्थित पोर्ट लोको शहरका बांगुरा प्रमुखहरूका वंशज थिए। अब्दुल करीमका बुबा पेशाले इन्जिनियर थिए। एक अन्तर्वार्तामा उनले आफू बुबाबाट धेरै प्रभावित भएको बताएक थिए । उनले भनेका थिए – मेरो स्वर्गीय बुबाले मलाई लेख्न प्रेरित गर्नुभयो। उहाँले मलाई सधैं अन्याय र अत्याचार विरुद्ध लड्न सिकाउनुभयो भयो भने सधैं उत्पीडित जनताको पक्षमा उभिनुपर्छ भन्ने कुरा पनि बताउनु भयो ।
पीएचडी कुन- कुन विषयमा ?
अब्दुल करीमको पीएचडी डिग्रीको कुरा गर्ने हो भने उनले राजनीतिशास्त्र, विकास अर्थशास्त्र, भाषाविज्ञान, कम्प्युटर विज्ञान तथा गणितमा पीएचडी गरेका छन् । यसबाहेक अन्तर्राष्ट्रिय अध्ययनमा बीए, अन्तर्राष्ट्रिय मामिलामा एमए अनि भाषाविज्ञानमा एमएसको डिग्री पनि छ उनी सँग ।
अब्दुल करिम कति भाषा जान्दछन् ?
डा. अब्दुल करीमले ३५ वटा पुस्तक तथा २५० जति लेख लेखेका वा सम्पादन गरेका छन् । उनि १८ वटा भाषा बोल्न सक्छन । यसमा अङ्ग्रेजी, टेम्ने, मेन्डे, कारियो, फुला, कोनो, लिम्बा, शेर्बो, स्वाहिली, स्पेनिश, इटालियन, फ्रेन्च, अरबी, हिब्रू, जर्मन तथा स्वीडिश भाषाहरू समावेश छन्। अब्दुल करीमले आफ्नो प्रारम्भिक शिक्षा सिएरा लियोनको राजधानी फ्रिटाउन इन्डिपेन्डेन्स प्राइमरी र सेकेन्डरी स्कूलबाट गरे। त्यसपछि उनी थप अध्ययनका लागि अमेरिका गए । अहिले उनले अमेरिकाको नागरिकता समेत लिइसकेका छन ।
प्रतिक्रिया