मंगलबार, वैशाख ९, २०८२

गर्मीमा दही खानुका ५ फाइदा

नेपालखोज २०८० वैशाख २७ गते १३:०९

सही पाचन प्रणाली

यो मौसममा पेटको इन्फेक्सनको समस्या बढ्छ । यस्तो अवस्थामा दहीले पाचन प्रणालीलाई स्वस्थ राख्छ । पेट दुख्ने तथा अपचको समस्या हुँदैन ।

बान्ता तथा पखाला नियन्त्रण

गर्मीका कारण बान्ता र पखाला लाग्नु सामान्य समस्या हो । यस्तो बेला दही फाइदाजनक हुन्छ । दहीमा प्रोबायोटिक्स हुन्छ जसले पेटमा राम्रो र खराब ब्याक्टेरियाको सन्तुलन पुनर्स्थापित गर्छ।

रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ

प्रायः बिरामी भैरहनेहरूले आफ्नो आहारमा दही समावेश गर्नुपर्छ। यसलाई दैनिक खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।

छालाको स्याहार

गर्मीमा पसिना आउने, पिम्पल बढने, ट्यानिङ हुने, एक्ने जस्ता धेरै समस्या हुन्छन् । दहीले छालाको चमक कायम राख्छ । यसमा पाइने भिटामिन ई तथा जिंकले छालाको रङ निखार्छ ।

भजाइनल संक्रमण

सेतो पानी बग्ने समस्या भएका महिलाले दिनमा दुई पटक ताजा सादा दही खानुपर्छ । यसले चिलाउने समस्यामा आराम मिल्छ ।

प्रतिक्रिया