एकदिन पनि टिकेन दोहोरो अंकको बृद्धि

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन घटेको छ । नेप्से आज दुई दशमलव ४३ अंकले घटेर १८ सय ४१ दशमलव ९३ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४५ अंकले घटेर तीन सय ५३ दशमलव ८० अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको १६ हजार एक सय पटकको कारोबारमा १९ लाख ४२ हजार छ सय २६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५८ करोड ९१ लाख ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६३ अंकले घटेर १२ सय १३ दशमलव ५५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक आठ दशमलव ९० अंकले घटेर तीन हजार चार सय आठ दशमलव ५२ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक नौं दशमलव २० अंकले घटेर नौ हजार दुई सय ३६ अंकमा झरेकोमा लगानी, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुुचक भने तीन दशमलव २६ अंकले बढेर १५ सय ४१ दशमलव २६ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि दुई दशमलव १२ अंकले बढेर २२ सय ९८ दशमलव ८७ अंक्मा चढेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ३० दशमलव ८३ अंकले बढेर आठ हजार चार सय ८० दशमलव ४८ अंकमा चढेकोमा उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज हिमाल दोलखा हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ५१ प्रतिशतले बढेर एक सय ६४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनसीसी बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मुल्य सात दशमलव २४ प्रतिशतले घटेर आठ सय ९० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमाल दोलखा हाईड्रो पावर कम्पनीकै प्रतिकित्ता एक सय ६३ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा तीन करोड ५६ लाख १० हजार आठ सय ४७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया