युवाहरूको प्रेरणा स्रोत स्वामी विवेकानन्द

एजेन्सी । सारा विश्वले स्वामी विवेकानन्दलाई युवाहरूको प्रेरणा स्रोत मान्छ । उनको सोचले उनको सम्पूर्ण व्यक्तित्व झल्काउँछ। ज्ञान-विज्ञानको कुरा होस् वा मानवताको कुरा होस्, उनको विचार अहिले पनि हरेक अवस्थामा फिट छ ।
स्वामी विवेकानन्दले यति सानो उमेरमा कसरी यति ठुलो विचार दिए भन्ने कुरा पनि आफैमा अनौठो छ । स्कुल, म्युजियम, पुस्तकालय जस्ता धेरै ठाउँमा स्वामी विवेकानन्दका विचारहरू अवश्य भेटिन्छन् ।
आज, उनका बारेमा अरू कुरा नगरी हामी मानवतालाई असर गर्ने उनका केही विचार प्रस्तुत गर्दैछौं ।
१. ब्रह्माण्डका सबै शक्तिहरू हामीभित्रै निहित छन् । हामी नै हो जो हात आँखामा राखेर रुन्छौँ र भन्छौँ ओहो कति अँध्यारो छ ?
२. कसैको आलोचना नगर्नुहोस् । यदि कसैका लागि सहयोगी हात अघि बढाउन सक्नुहुन्छ भने बढाउनुहोस् । यदि सक्नुहुन्न भने, आफ्नो हात जोड्नुहोस्, आफ्ना भाइहरूलाई आशीर्वाद दिनुहोस् र तिनीहरूलाई आफ्नो बाटो जान दिनुहोस्।
३. आत्माका लागि केही पनि असम्भव छ भनेर कहिल्यै नसोच्नुहोस् । यस्तो सोच्नु नै ठुलो विधर्म हो । यदि त्यहाँ पाप छ भने त्यो पाप आफूलाई कमजोर वा अरू कमजोर छन् भनेर देख्नु नै हो ।
४. यदि पैसाले अरूलाई राम्रो गर्न , मद्दत गर्न सहयोग पुर्याउँछ भने यसको केही मूल्य छ, अन्यथा यो केवल खराबीको थुप्रो हो र यसबाट जति चाँडो छुटकारा पाइयो त्यति राम्रो ।
५. हामी त्यो हौँ जसलाई हाम्रा विचारले बनाएको छ , त्यसैले आफूले के सोच्दै छु सावधान रहनुपर्छ । शब्दहरू गौण हुन्छन्, विचारहरू नै पछि सम्म रहन्छन् , बिचारले नै टाढासम्मको यात्रा गर्छन् ।
६. जबसम्म तपाईँ आफैँमा विश्वास गर्नुहुन्न तबसम्म तपाईँ परमेश्वरमा विश्वास गर्न सक्नुहुन्न ।
७. मानिसहरूलाई सत्य के हो भन, साहस र निडरताका साथ – यसले कसैलाई चोट पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरामा ध्यान नदेऊ । दुर्बलतालाई कहिल्यै आफ्नो जीवनमा प्रश्रय नदेऊ ।
८. सबै मानिस जीवित भगवान् हुन् – सबैलाई यही दृष्टिले हेर्नुपर्छ । मानिसहरूको अध्ययन गर किनभने मानिस नै जीवन्त महाकाव्य हो । संसारमा जति पनि ख्रिस्ट र बुद्धहरू भए मानिस कै ज्योति बाट जाज्वल्यमान भए ।
९. प्रचार कार्यमा जीवन समर्पण गर्ने महापुरुषहरू मौन बसेर पवित्र जीवन बिताउने र श्रेष्ठ विचारले संसारलाई सहयोग गर्ने महापुरुषहरूको तुलनामा अपूर्ण हुन्छन् ।
१०. आफ्नो मनमस्तिष्कको विकास गर्नुहोस् र यसलाई नियन्त्रणमा राख्नुहोस्, त्यसपछि यसलाई जहाँ चाहनुहुन्छ प्रयोग गर्नुहोस् – यसले धेरै छिटो परिणाम दिनेछ। यो आत्म-उन्नति को सही तरीका हो।
एकाग्रता सिक्नुहोस् र यसलाई जहाँ चाहनुहुन्छ प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईँले गुमाउनु पर्ने केही छैन। जसले सम्पूर्णलाई प्राप्त गर्छ उसले अंश पनि प्राप्त गर्न सक्छ।
प्रतिक्रिया