बुधबार, वैशाख १०, २०८२

दीपिका टाइम म्यागजिनको कभरमा

नेपालखोज २०८० वैशाख ३० गते ६:०९

काठमाडौं । दीपिका पादुकोण टाइम म्यागजिनको कभरमा देखिने छैटौँ भारतीय सेलिब्रेटी भएकी छिन् । यसअघि परवीन बाबी, ऐश्वर्या राय , प्रियङ्का चोपडा, आमिर खान तथा शाहरुख खानले टाइम म्यागजिनको कभरमा स्थान बनाएका थिए ।

टाइम म्यागजिनले कभरमा दीपिकाको तस्बिरसहित लेखेको छ- दीपिका पादुकोण ग्लोबल स्टार हुन् जसले सारा संसारलाई बलिउडमा ल्याएकी छिन् । यसअघि २०१८ मा सोही पत्रिकाले दीपिकालाई १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि समावेश गरेको थियो ।

यसअघि सन् २०१८ मा म्यागजिनले दीपिकालाई १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि समावेश गरेको थियो । म्यागजिनले पहिलो पटक १९७६ मा आफ्नो कभरमा परवीन बाबीलाई राखेको थियो। म्यागजिनले उक्त कभरमा लेखेको थियो, ‘एसियाको वाइल्ड फिल्मी दृश्य ।’

उक्त टिप्पणीका कारण हिन्दी फिल्म उद्योगमा विवाद पनि भयो। त्यसपछि सन् २००३ मा ऐश्वर्या राय टाइम म्यागजिनको कभरमा देखा परिन् । सन् २००४ मा शाहरुख खान, २०१२ मा आमिर खान र २०१६ मा प्रियङ्का चोपडा टाइम म्यागजिनको कभरमा देखा परेका थिए ।

प्रतिक्रिया