मंगलबार, वैशाख ९, २०८२

विश्वका ५ नशालु रक्सी

नेपालखोज २०८० वैशाख ३० गते १७:०५

काठमाडाैं । विश्वभर मदिरा सेवन गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । जसरी मानिसहरू यसको बानीमा पर्छन् त्यसैगरि उनीहरू थप मादक रक्सी चाहन्छन्। आज हामी संसारका १० सबैभन्दा नशालु रक्सीका बारेमा कुरा गर्दैछौं ।

बुकार्डी १५१

यो बर्मुडा स्थित ह्यामिल्टनको बुकार्डी लिमिटेड द्वारा बनाईएको एक उच्च मादक रम हो। यो रम स्टेनलेस स्टील फायर अरेस्टरका साथ आउँछ। यो सामान्यतया ककटेलहरू जस्तै क्युबा लिब्रे तथा Daiquiris बनाउन प्रयोग गरिन्छ। यो पेय निट पिउने प्रयास गर्नुहुँदैन , यसो गर्नु हानिकारक हुन सक्छ।

सनसेट रम

यो संसारको सबैभन्दा शक्तिशाली रम हो।सनसेट रमलाई वर्ल्ड रम अवार्ड्सले २०१६ मा विश्वको उत्कृष्ट ओभरप्रुफ रमको उपाधि प्रदान गरेको थियो। यो बोतलको लेबलमा यो पनि लेखिएको छ – यसलाई मिक्सर सँष मात्र पिउनुहोला । धेरै पिउँदा यसले घाँटी जलाउन सक्छ। यदि यसलाई निट गरेर पिउने ह‍ो भने गम्भीर परिणाम सामना गर्नुपर्ने हुन सक्छ।

बाल्कन १७६ भोड्का

यो ट्रिपल डिस्टिल्ड भोडकालाई स्क्यान्डिनेभियाई पेय मध्ये सबैभन्दा कडा मानिन्छ। यो रंग तथा स्वादहीन छ । यसमा कुनै गन्ध पनि हुँदैन । यो भोडका यति कडा छ कि यसको बोतलमा१३ फरक – फरक चेतावनीहरू दिईएका छन् । यो मदिराको अत्याधिक सेवनले मृत्यु पनि निम्त्याउन सक्छ ।

पिन्द्सर शांघाई स्ट्रेन्थ

यो स्कटिश भोड्का हो। यो पेय दूध थिस्टल र एल्डरफ्लावरबाट बनाइन्छ … जुन कलेजोका लागि राम्रो मानिन्छ। यो पेयले सेकेन्डमै मानिसलाई मताउँछ । यो पेय ध्यानमा प्रयोग गर्न बनाइन्छ। गल्तिले यसलाई अत्याधिक पिईयो भने गम्भीर स्वास्थ्य समस्या हुन सक्छ ।

गुड अल सेलर भोड्का

यो भोड्का स्वीडेनमा लोकप्रिय छ । यो पेय संसारका अन्य भागमा त्यति लोकप्रिय छैन। यो पेय पदार्थको सबैभन्दा विशेष कुरा के हो भने यो अर्गानिक अन्न र पोखरीको सफा पानीबाट बनाइएको हो। यससँगै आधुनिक डिस्टिलरी प्रविधिलाई परम्परागत सीपसँग मिसाइएको छ। यसलाई ककटेल बनाउन थोरै मात्रामा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया