गौतम बुद्धको शिक्षा

१. सबैभन्दा खराब कार्य आफ्नो दिमागमा बोझ बोक्नु हो ।
२. गन्तव्य वा लक्ष्यमा पुग्नु भन्दा महत्त्वपूर्ण कुरा यात्रा राम्रोसँग सम्पन्न हुनु हो ।
३. एक पलले एक दिन बदल्न सक्छ, एक दिनले एक जीवन परिवर्तन गर्न सक्छ, एक जीवनले संसार परिवर्तन गर्न सक्छ ।
४. मानिसले त्यो कुरा नै गुमाउँछ जसमा उसको गहिरो लगाव हुन्छ ।
५. हामीले हाम्रो विचार द्वारा आकार प्राप्त गर्छौँ । हामी जस्तो सोच्छौँ, त्यस्तै बन्छौँ ।
६. स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो धन र वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो ।
७. जो थोरैमा खुसी हुन्छ त्यो व्यक्ति सँग नै सबैभन्दा धेरै खुसी हुन्छ ।
८. जीवनमा हजारौँ लडाइ जित्नु भन्दा स्वयंमा विजय प्राप्त गर्नु राम्रो हो । यसमा जित सधैँ आफ्नै हुनेछ र यसलाई कसैले खोस्न सक्दैन ।
९. जीवन उसैको सुध्रिन्छ जसले आँखा बन्द हुनु अघि आँखा खोल्छ ।
प्रतिक्रिया