बुधबार, वैशाख १०, २०८२

आजदेखि प्रभु र सेञ्चुरीको एकीकृत कारोबार

नेपालखोज २०८० जेठ १ गते ९:५४

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभेर प्रभु क्यापिटलले आज जेठ १ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभेर आजदेखि एकीकृत कारोबार गर्ने भएको हो ।

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गरेको हो । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ ।

वैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरिसकेको छ । साथै कम्पनी रजिस्ट्रारको कार्यालयले वैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभुलाई अनुमति प्रदान गरेको थियो ।

सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पुँजीका हिसाबले सबैभन्दा ठुलो क्यापिटल बन्नेछ । क्यापिटलका अनुसार क्यापिटलको पुँजी १ अर्ब भन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया