बुधबार, वैशाख १०, २०८२

मिस्टर एन्ड मिस नेशनल नेपाल – २०२३ आज

नेपालखोज २०८० जेठ १ गते १०:३६

काठमाडौं । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ आज सञ्चालनमा आउँदै छ ।

यो प्रतियोगितामा काठमाडौंसहित इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १ सय ७० बाट ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेको संस्थाका नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिएका छन् ।

‘म आफैँ प्रतियोगीका रूपमा मिस एन्ड मिस्टर सुप्रानेशनल’ मा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यस पटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु’, निर्देशक उपाध्यायले भने, ‘हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ । ’

उनले दिएको जानकारीअनुसार प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार छन् ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने यो प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया