‘पशुपतिप्रसाद २’मा सौगात मल्लको लुक्स सार्वजनिक
नेपालखोज
२०८० जेठ २ गते ११:५८

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक भएको छ ।
शीर्षमध्येको भूमिकामा देखिएका सौगातको यो हुलिया खलपात्रजस्तो देखिन्छ । सौगातले आफ्नो यो चरित्रलाई लुकाउँदै आएका थिए ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी छ । निर्देशक दीपेन्द्र के खनालले फिल्ममा सौगातको पात्र रोचक रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया