तीन अङ्कले बढ्दा ६४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अङ्कले करेक्सन देखिएको छ । अघिल्लो दिन तीन दशमलव ३४ अङ्कले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने तीन दशमलव २९ अङ्कले बढेर १८ सय २१ दशमलव ६० अङ्कमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव शून्य एक अङ्कले घटेर तीन सय ४९ अङ्कमा झरेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरूको १८ हजार आठ सय ८९ पटकको कारोबारमा २० लाख ६३ हजार सात सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६४ करोड एक लाख १७ हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा दुई वटा समूहहरूको सूचक घटेर बाँकी समूहहरूको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सूचक एक दशमलव शून्य छ अङ्कले घटेर १२ सय दशमलव ७३ अङ्कमा झरेको छ भने अन्य समूहको सूचक ११ दशमलव ६९ अङ्कले घटेको छ ।
विकास बैंक समूहको सूचक भने एक दशमलव ५७ अङ्कले बढेर तीन हजार तीन सय ६५ दशमलव ३८ अङ्कमा पुगेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव ८२ अङ्कले बढेर १५ सय १७ दशमलव ६७ अङ्कमा पुगेको छ ।
जलविद्युत समूहको सूचक पनि १४ दशमलव ६९ अङ्कले बढेर २२ सय ४८ दशमलव २६ अङ्कमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि १३ दशमलव ८१ अङ्कले घटेर नौ हजार दुई सय तीन दशमलव ५६ अङ्कमा पुगेको छ ।
यसै गरी निर्जीवन बिमा समूहको सूचक पनि ८२ दशमलव ७० अङ्कले बढेर आठ हजार चार सय ४३ दशमलव शून्य आठ अङ्कमा चढेकोमा लगानी, उत्पादनमूलक, लघुवित्त र टेडिङ समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ४८ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माईखोला हाइड्रो पावर कम्पनीको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ६४ प्रतिशतले घटेर सात रुपैयाँ ८७ पैसामा कारोबार भएको छ ।
एनआईसी एसिया बैंकको भने आज छ सय ९० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया