सद्गुरु वाणी !

व्यक्तिले मानवजातिको निम्ति गर्न सक्ने श्रेष्ठ सेवा योबाहेक अर्को केही छैन— त्यो हो कृपा प्रसारण गर्ने । तपाईंले आफ्नो शरीरसँगको पहिचान छोड्नेबित्तिकै मन स्थिर वा निश्चल बन्नेछ ।
मूर्खहरूले त्यो गर्छन् जुन उनीहरूलाई मन पर्दैन । बुद्धिमानीहरू त्यो गर्छन् जुन उनीहरूलाई मनपर्छ । विलक्षण व्यक्तिले पूरै आनन्दमा त्यही गर्छन्, जे गर्न जरूरी छ ।
जब हामी खान्छौँ, हामीले यस धरतीको हिस्सा आफूभित्र लिन्छौँ । हामी माटोलाई जस्तो व्यवहार गर्छौँ, आफ्नो शरीरलाई समेत त्यस्तै व्यवहार गरेका हुन्छौँ ।
आध्यात्मिकता अपाङ्गता होइन । यो तपाईंले केके गर्न सक्नुहुन्न भन्नेसँग सम्बन्धित छैन बरु तपाईंले केकति गर्न सक्नुहुन्छ भन्नेमा केन्द्रित छ ।
आमा हुनु भनेको प्रकृतिले नारीलाई यो अवसर दिएकी छिन्— अर्को जीवनलाई आफ्नै अंशको रूपमा अनुभव गर्ने । यदि तपाईं एकजनाप्रति आमा बन्न सक्नुहुन्छ भने त्यो इच्छुकतालाई विस्तार गर्नुहोस् र पूरै संसारप्रति आमा बन्नुहोस् ।
यस्ता मानिसहरू जो तीव्र एवम् प्रखर रूपमा संलग्न रहँदासमेत एक क्षण पनि चिडचिडाहट रिस वा तनाव अनुभव नगरून्— यही चमत्कार अहिले संसारलाई चाहिएको छ । र म त्यही सृजना गर्ने प्रयास गरिरहेको छु । ध्यान दिनु प्रकाश जस्तै हुन्छस त्यहाँ जेजति छ, त्यसलाई यसले प्रदीप्त गर्छ ।
तपाईंले गर्ने गफगाफ, बोल्नुपर्ने बाध्यात्मक आवश्यकताबाट शुरु हुन्छ— यहाँसम्म कि, यस्तो चीजबारे बोल्नुपर्ने जसबारे तपाईंलाई केही अत्तोपत्तो छैन ।
प्रतिक्रिया