मंगलबार, वैशाख ९, २०८२

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा

नेपालखोज २०८० जेठ ३ गते १४:४२

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने घोषणा गरेको छ । पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका छन् ।

टीकापुर आन्दोलन राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट राजनीतिक हिसाबबाटै हल समाधान हुनुपर्थ्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो ।’ नागरिक उन्मुक्ति पार्टीले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको पनि जनाएको छ ।

प्रतिक्रिया