मिस्टर एण्ड मिस नेसनल नेपाल – २०२३
नेपालखोज
२०८० जेठ ४ गते ८:२४

काठमाडौं । सनुर्भी इन्टरनेसनलद्वारा आयोजित मिस्टर एण्ड मिस नेसनल नेपाल – २०२२३ मा शिशिर वाग्ले मिस्टर नेसनल नेपाल – २०२३ , समा पराजुली मिस नेसनल नेपाल -२०२३ , रोशनी चन्द मिस ग्लोब नेपाल – २०२३ तथा प्रज्ज्वल ताम्राकार मिस्टर इन्टरनेसनल नेपाल २०२३ घोषित भएका छन् ।
बिजेता चारैजनाले यही शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने बताइएको छ ।
यो प्रतियोगिताको मिस्टर एण्ड मिस नेसनल नेपाल ( २०२३ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बू भएका छन् ।
यो प्रतियोगितामा काठमाडौँ , इटहरी, धनगढी तथा पोखराका १ सय ७० जना सहभागी थिए ।
सम्बन्धित
प्रतिक्रिया