आर्थिक सङ्कटमा आइतबार अपनाउन सकिने विधि

आइतबार सूर्य देवको पूजा गर्ने दिन हो । यो दिन सूर्य भगवानको विशेष पूजा-आराधना गरिन्छ । हिन्दु धर्ममा कुनै पनि समस्याको समाधान सप्ताहको दिन अनुसार गरिन्छ । भनिन्छ आजको दिन सूर्यदेवलाई अर्घ्य चढाए धेरै समस्याबाट मुक्ति मिल्छ तर के यस्तो उपाय बिहान मात्र अपनाइन्छ ?
आज हामी साँझमा गरिने सूर्य उपासनाका बारेमा बताउन गइरहेका छौँ जसबाट विशेष लाभ मिल्नेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेकाहरूले आइतबार बेलुका यो उपाय अवलम्बन गरे खास फाइदा पाउने छन् । यसबाट घरमा ऐश्वर्य तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
कालो जनावरलाई रोटी
आइतबारको दिन कालो कुकुर वा कालो गाईलाई रोटी ख्वाए वा कालो चरालाई दाना चढाए रोकिएको कामले निरन्तरता प्राप्त गर्ने बताइएको छ । आइतबारको दिन कुनै गरिबलाई तेलमा तयार पारिएको परिकार ख्वाए शनिदेवको आशीर्वाद आफूमा रहनेछ ।
पिपलको रुखमा दियो
आइतबार साँझ पिपलको रुखमुनि दियो बाल्दा घरमा सुख शान्ति कायम हुन्छ । आइतबार साँझ पिपलको रुखमुनि दीप प्रज्वलन गर्नाले पद- प्रतिष्ठा बढ्नुका साथै अन्य धेरै लाभ प्राप्त हुन्छ ।
राति सुत्दा अपनाउनुहोस् यो उपाय
लामो समयदेखि पैसाको समस्याबाट ग्रसित भए शनिबार बेलुका यो उपाय अपनाउन सकिन्छ । राति सुत्दा सिरानी नजिक टाउकोको छेउ पर्नेगरि एक गिलास दूध राखी आइतबार बिहान सूर्योदयअघि नुहाएर बबुलको रुखमा उक्त दूध चढाउनु पर्छ । यो उपाय लगातार ११ आइतबारसम्म अवलम्बन गरे आर्थिक सङ्कटबाट मुक्ति पाउन सकिन्छ ।
प्रतिक्रिया